सरकारले जलन प्रभावितको उपचार निःशुल्क गर्ने निर्णय गरेसँगै जलनका बिरामी र उनीहरूका आफन्त खुसी भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको पहलमा भएको सरकारको निर्णयले खुसीको सञ्चार त गरायो, तर आशंका पनि उत्तिकै उब्जाएको छ । के जलनको सम्पूर्ण उपचार सरकारले नै गरिदिन्छ ? सबै किसिमका जलनका बिरामीको उपचार निःशुल्क हुन्छ ? हुँदा कुन प्रक्रियाबाट हुन्छ ? गम्भीर प्रकृतिका बिरामीको मात्रै निःशुल्क उपचार हुने हो कि सबै बिरामीको ? उपचार प्रक्रिया द्रुतगतिमा नै हुन्छ कि फेरि ढिलासुस्ती होला ? जो पहिले नै जलेका छन्, जसको जीवनभर उपचार गरिरहनुपरिरहेको छ, त्यस्ता प्रभावितलाई सरकारको यो निर्णयले समेट्छ कि समेट्दैन ? यसको पूर्ण कार्यान्वयन कसरी होला ?



